भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत: प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमामण्डन गर्न नहुने टिप्पणी गरेका छन् ।

बुधवार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

भदौ २३ गतेको हिंसा र २४ गतेको देशदोहनलाई आन्दोलनलाई परिवर्तनको प्रतीक ठान्नु उपयुक्त नहुने उनको धारणा छ । उनले जेन–जी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि घुसपैठ भएको कारण देश दोहन हुन पुगेको पनि बताए ।

उनले भने ‘नेपालको लागि हिंसा र विध्वंस एउटा नियमित आकस्मिकता जस्तो भयो । १० वर्षको पीडा २० वर्ष अगाडि मात्रै टुङ्गिएको हो । अहिले पनि त्यसको उत्पादन समाजमा छ । जेनजी युवाहरूले एउटा फूल पनि भाँच्दैनौँ, प्रहरीसँग वादविवाद गर्दैनौँ भनेर आन्दोलन सुरु गर्नुभएको थियो । तर जसरी २३ गतेको हिंसा र २४ भदौको देश दोहानलाई परिवर्तन ठानेर त्यसको महिमामण्डन गर्नुपर्छ भन्ने म बेल्कुलै ठान्दिनँ ।’

उनले भ्रष्टाचारविरुद्ध तत्कालीन सरकारले गरेको कारबाही प्रक्रियाको अजरअन्दाज गरेर सरकारले भ्रष्टाचारको मलजल गरिरहेको भाष्य निर्माण गरिएकोप्रति गुनासो गरे । उनले २०४६ साल यताका भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न वर्तमान सरकारलाई चुनौती पनि दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + six =