‘सुमना श्रेष्ठले पार्टी छोड्दा रुँदै गइन्, त्यो गम्भीर विषय हो’
२०८२ भदौ २९ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको व्यक्ति–केन्द्रित प्रवृत्तिप्रति कोसी प्रदेश कार्यवाहक सभापति सरिनले कडा टिप्पणी गरेका छन् । उनले पार्टीभित्रको व्यक्ति–पुजात्मक प्रवृत्ति हटाउन आवश्यक रहेको बताएका छन् ।
सरिनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै सांसद सुमना श्रेष्ठले पार्टी छोड्नुपरेको घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । ‘सुमना श्रेष्ठले पार्टी छोड्दा रुँदै गइन्, त्यो गम्भीर विषय हो,’ उनले लेखेका छन्, ‘त्यस विषयमा गम्भीर छानबिन हुनुपर्छ ।’
उनले दल व्यक्ति–केन्द्रित हुने कि सिद्धान्त–केन्द्रित भन्ने विषयमा पार्टीभित्र स्पष्ट बहस हुनु आवश्यक रहेको औंल्याएका छन् । ‘दलभित्र रहेको व्यक्तिवादी चरित्र हटाउन आवश्यक रहेको मागलाई गम्भीर रूपमा लिनुपर्छ,’ सरिनले भनेका छन् ।
२०८२ भदौ २९ गते
प्रतिक्रिया
सम्बन्धित








