देउवा दम्पती अझै जोखिममै, उद्धार प्रयास जारी
२०८२ भदौ २४ गते

काठमाडौँ । जेनजी आन्दोलनकारीहरूको उग्र प्रदर्शनका बीच पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा अहिले पनि गम्भीर जोखिममा परेका छन् ।
काठमाडौंको बूढानीलकण्ठस्थित देउवा निवासमा भएको हिंसात्मक आक्रमणबाट घाइते देउवा दम्पतीलाई सेनाले घरबाट त तानेको छ, तर अस्पताल लैजान अझै सफल हुन सकेको छैन ।
सुरक्षा स्रोतका नुसार, देउवा निवासमा प्रवेश गरेका प्रदर्शनकारीहरूले गम्भीर तोडफोड र आगजनी गरेका थिए । सो क्रममा देउवा दम्पती घरभित्रै रहेका थिए । उनीहरूलाई प्रदर्शनकारीले कुटपिट गर्दा दुबैजना शारीरिक रूपमा घाइते भएका छन् ।
हेलिकप्टरमार्फत उद्धारको प्रयास गरिएको थियो, तर भिड र स्थानीय परिस्थितिका कारण हेलिकप्टर अवतरण हुन नसकेको बताइएको छ । हाल सेनाले भिड हटाउन बल प्रयोग गर्न सक्ने तयारी गरेको जनाइएको छ ।
२०८२ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








