सेनाको हेलिकप्टरबाट मन्त्रीहरूलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । राजधानीसहित देशभर चर्किएको जेनजी आन्दोलनको तीव्रताबीच सरकारले मन्त्रीहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट उनीहरूलाई सुरक्षित स्थानमा सारेको छ ।

मंगलबार दिउँसो मन्त्रीहरूलाई काठमाडौं उपत्यकाभित्रकै सुरक्षित स्थानमा लगिएको हो । नेपाली सेनाको हेलिकप्टरमार्फत स्थानान्तरण गरिएको सुरक्षा निकायको उच्च स्रोतले पुष्टि गरेको छ ।

‘मन्त्रीजीहरूलाई सुरक्षित स्थानमा सारेका छौं, काठमाडौं भ्यालीभित्रै सुरक्षित स्थानमा राखिएको छ,’ स्रोतले भन्यो ।

आन्दोलनका क्रममा सरकारी र नेताहरूका निवास, पार्टी कार्यालयहरू, र सार्वजनिक भवनहरूमा आक्रमण भइरहेका छन् ।

स्थिति थप जटिल बन्दै जाँदा उच्चपदस्थ सरकारी व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको हो । सुरक्षाकर्मीहरू देशभरको संवेदनशील क्षेत्रहरूमा खटिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =