जेन-जी प्रदर्शन : कास्कीमा पनि कर्फ्यू आदेश जारी

काठमाडौँ । कास्कीमा पनि कर्फ्यू आदेश जारी गरेको छ ।

जेन जी प्रदर्शनका क्रममा आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका थिए ।

सोक्रममा प्रहरी र प्रदर्शनकारीहरू बीच मुठभेड भएको थियो । त्यसपछि प्रहरीले पनि प्रदर्शनकारीहरू माथि अश्रुग्याँस र पानीको फोहरा हानेको थियो ।

यसबीच प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शहीद चोक आसपासको क्षेत्रमा कर्फ्यू जारी गर्न आदेश दिइन् । दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =