गोरखापत्र जलाउन खोज्ने सन्तोष राजावादी पक्राउ

काठमाडौं । तिजबारे अनावश्यक सामग्री लेखिएको भन्दै गोरखापत्र जलाउन खोजेका सन्तोष कुमार सिलवाल (सन्तोष राजावादी) मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै गर्दा पक्राउ परेका छन् ।

राजावादीले गोरखापत्रमा प्रकाशित लेखले सनातन धर्म र तिज पर्वमाथि प्रहार गरेको भन्दै त्यसको विरोधमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनले गोरखापत्र दैनिक जलाउने प्रयास गरेपछि प्रहरीद्वारा नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेपछि उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

सन्तोष राजावादी यसअघि पनि विभिन्न धार्मिक मुद्दामा आक्रामक रुपमा सडक आन्दोलनमा उत्रंदै आएका छन् । गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा समेत उनी पक्राउ परेका थिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 15 =