डेढ वर्षभित्रमा सहकारीमा देखिएका समस्या हल गर्छौं : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले डेढ वर्षभित्रमा सहकारीमा देखिएका समस्याहरु हल गर्ने बताएका छन् ।

मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । सहकारीहरुलाई व्यवस्थित रुपले परिचालन गर्नको लागि हाल सहकारी विभाग सक्रिय रुपले लागेको उनले जानकारी दिए ।

विभागले विभिन्न निर्देशन गर्ने, हिनामिना गर्नेहरुको सम्पती रोक्का राख्ने लगायतका काम गरिरहेको उनले बताए । सहकारसँग आवद्ध दुई वटा केन्द्रिय निकायहरु नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) र राष्ट्रिय सहकारी महासंघलाई पनि गाउँसम्म पुगेर सहकारीको डाटा संकलन गर्न आग्रह गरेको उनले जानकारी दिए । सहकारीहरुको वास्तविक तथ्याङ्क संकलन गरी बिग्रेको सहकारीहरुलाई नियमन गरेर जाने उनले बताए ।

मन्त्री अधिकारीले हालसम्म समस्याग्रस्त सहकारीका ६ हजार ७ सय व्यक्तिहरुको रकम पुर्ण भुक्तानी गरिसकेको जानकारी दिए ।

५६ हजार व्यक्तिहरुको आंशिक भुक्तानी गरेको र ४ हजारभन्दा बढीको हिसाव मिलान र नगद भुक्तानी गरिसकेको उनले बताए ।

एक वर्षको अवधिमा भएको यो काम महत्वपूर्ण उपलब्धि रहेको उनको दाबी छ । समस्याग्रस्त सहकारीहरुको सम्पती रोक्का राखेर, रोक्का राखेको सम्पत्तिलाई परिचालन गरी प्रक्रिया मिलाएर, बैंकमा धितो भएकोलाई बैकबाट मिलाएर पुँजी ल्याउँदा एक÷डेढ वर्ष लाग्ने उनको भनाई छ ।

समस्याग्रस्त घोषणा गरेका २४ वटा सहकारीहमध्ये ३ वटाको राफसाफ भएको उनले जानकारी दिए । यस्तै २ वटा सहकारीको राफसाफ हुने क्रममा रहेको उनको भनाई छ ।

४ लाख रुपैयाँ हिसाव मिलान गर्न बाँकी रहेकोले ती दुई सहकारीको पनि छिट्टै हिसाव राफसाफ हुने उनले बताए । उनले यो वर्षभित्रमा अरु ५/७ वटाको राफसाफ गर्ने र अर्को वर्षमा समस्याग्रस्त घोषणा गरिएका सबै सहकारीको समस्या समधान गर्ने जानकारी दिए ।

उनले सहकारीहरुको समस्या अब राष्ट्रिय सहकारी नियमन प्राधिकरणले गर्ने जानकारी दिए । प्राधिकरण स्वायत्त निकाय भएकोले यसले सबै सहकारीलाई नियमन गर्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 10 =