दुर्गा प्रसाईंको गम्भीर आरोपः ‘लिङ्देन भारतबाट गाडी चोरेर बेच्थे’
२०८२ भदौ २ गते

फाइल फोटो
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि गम्भीर आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रसाईंले लिङ्देनमाथि भारतबाट गाडी चोरेर ल्याएर बेच्ने काममा संलग्न भएको दाबी गरेका हुन् ।
उनले गत चैत १५ गते तीनकुनेमा भएको विरोध प्रदर्शनमा राप्रपाले आफूलाई छुरा हानेको समेत आरोप लगाए । ‘राप्रपाले मिलेर मलाई हत्या गर्न खोजेको हो,’ प्रसाईंले भने, ‘तर म बाँच्न सफल भएँ ।’
लिङ्देनमाथि अघिल्लो समय आफूलाई बैंक ठग भनेको भन्दै प्रसाईंले त्यसको प्रतिवाद गरे । ‘राजेन्द्र लिङ्देनलाई म के भन्छु भने, यो त बैंक ठग हो, हजुर बैंक ठग हो भन्थे,’ उनले भने, ‘अब जीवनमा तिमीले धोका दिन सक्दैनौँ । तिमी जस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्नेको सन्तान म होइन ।’
२०८२ भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित








