एथर ’रिज्टा’ स्कुटर नेपालमा सार्वजनिक हुँदै

काठमाडौं । भारतको प्रख्यात इलेक्ट्रिक टू–व्हीलर निर्माता एथर एनर्जी को बहुप्रतिक्षित स्मार्ट स्कुटर ‘एथर रिज्टा’ अब नेपालमा पनि सार्वजनिक हुने भएको छ ।
नेपालको लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जी प्रा.लि.ले यो स्कुटर आगामी साउन २१ गते (अगस्ट ६) काठमाडौँको भृकुटीमण्डप मा आयोजना हुने NAiMA Mobility Expo 2025 मार्फत सार्वजनिक गर्न लागेको हो ।
उक्त अवसरमा नेपाली बजारमा पहिलोपटक सार्वजनिकरूपमा प्रस्तुत गरिने एथर रिज्टा स्कुटर भारतमा आफ्नो उन्नत प्रविधि, उच्च प्रदर्शन, स्मार्ट डिजाइन र पारिवारिक सुरक्षाका कारण अत्यधिक लोकप्रिय भएको छ । कम्पनीले यसलाई ‘सिर्फ स्कुटर नभई आधुनिक जीवनशैलीको एक हिस्सा’का रूपमा परिभाषित गरेको छ ।
वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत श्री सूर्यांश वैद्य का अनुसार, ‘रिज्टा केवल स्कुटर होइन, स्मार्ट मोबिलिटी समाधान हो । यो हाम्रो जनसंख्याका लागि उपयुक्त मात्र नभई, दिगो र स्मार्ट यातायातको क्रान्तिमा नेपालको नेतृत्व गर्ने माध्यम बन्नेछ ।’
एथर रिज्टाः सुविधाहरूको नयाँ परिभाषा
एथर रिज्टा विभिन्न भेरियन्ट र आकर्षक रंगहरूमा उपलब्ध हुनेछ । यसमा निम्न विशेषताहरू समावेश हुनेछन् :
शक्तिशाली इलेक्ट्रिक मोटर
लामो दूरी हाँक्न सक्ने ब्याट्री क्षमता
स्मार्ट कनेक्टिभिटी फिचर्स
प्रशस्त स्टोरेज स्पेस
एथरको प्रमाणित प्लेटफर्ममा आधारित सुरक्षा र स्थायित्व
एक्स्पोमा स्कुटरको प्रत्यक्ष अनुभव
NAIMA Expo मा सहभागीहरूले स्कुटरको टेस्ट राइड, प्रोडक्ट डेमो, विस्तृत जानकारी र बुकिङ सुविधा समेत प्राप्त गर्न सक्नेछन् । यसले नेपाली उपभोक्तालाई इलेक्ट्रिक मोबिलिटीको नयाँ विकल्पको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्नेछ ।
एथर रिज्टाको आगमनसँगै नेपालको इलेक्ट्रिक स्कुटर बजारमा नयाँ प्रतिस्पर्धा शुरु हुने देखिन्छ । वातावरणमैत्री, किफायती र स्मार्ट विशेषताहरूले गर्दा यो स्कुटर नेपाली उपभोक्ताका लागि भविष्यको सवारी बन्ने अपेक्षा गरिएको छ ।








