मण्डलामा बिम्बात्मक नाटक ‘हराएको कुकुर’ मञ्चन (तस्बिरहरू)

काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘हराएको कुकुर’ को मञ्चन सुरु भएको छ । असार २१ गतेदेखि यस नाटकको मञ्चन सुरु भएको हो ।

यो एक बिम्बात्मक नाटक हो, जहाँ नेपाल परिवर्तन हुन नसकेका कारण ‘हराएको कुकुर’लाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ । नाटक एउटा चिया पसलबाट सुरु हुन्छ । जहाँ ‘हराएको कुकुर’ बुझाउनेलाई १ लाख इनाम दिने खबरले हलचल मच्चिएको छ । यसैको खोजीमा पात्रहरू लाग्दछन् ।

नाटक अगाडि बढ्दै जाँदा ‘हराएको कुकुर’ कस्तो होला ?, त्यो कुकुर भेटिन्छ त ?, यदि भेटी हाल्यो भने इनाम हात पर्छ कि पर्दैन ? भन्ने प्रश्नहरूले दर्शकको मनमा उत्सुकता पैदा गर्छ ।

यस नाटकको लेखन तथा निर्देशन मणि कुलुङ राईले गरेका हुने भने रबिन तामाङले नाट्य रूपान्तरण गरेका हुन् । नाटकमा किरण नेपाली, स्मृति कलमर, रेज्मी राई, इन्द्रेनी कुलुङ, रमा कुलुङ, अविनाश डि.एम र मणि कुलुङ स्वयमले पनि अभिनय गरेका छन् ।

यो नाटक सोमबार बाहेक हरेक साँझ ५ : ३० बजे साउन ४ गतेसम्म मञ्चन हुनेछ ।

हेर्नुहोस् तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =