पहिचानको प्रश्न : ‘चन्द्रलाई कस्ले मार्यो ?’ (तस्बिरहरू)

काठमाडौँ । मण्डला नाटकघरमा एलजिबिटिक्विआइए समुदायले भोग्नु परेको सङ्घर्षमा आधारित नाटक ‘चन्द्रलाई कस्ले मार्यो ?’ को मञ्चन सुरु भएको छ । गत असार २५ गतेदेखि यस नाटकको मञ्चन सुरु भएको हो ।

नाटकमा एक क्वियर पुरुषले आफ्नो जीवनका मोडहरूलाई बारम्बार सम्झन्छन् । जहाँ माया, साहस, डर र मौनताका पलहरू रहेका हुन्छन् । हरेक पटक फरक फरक तरिकाले ती घटनाहरू दोहोरिरहन्छ । उक्त घटनाहरूले जीवनका अफसोस र नैराश्यतालाई फेरि कल्पना गरी आफ्नो जीवनले एक फरक परिणाम पाउन सक्छ भन्ने देखाइएको छ ।

चन्द्रलाई कस्ले मार्यो रु’ नाटक मण्डला थिएटर नेपालको सिजन २०८२/८३ को तेस्रो प्रस्तुति हो । यस नाटकलाई मण्डला थिएटर ल्याबको चौथो ब्याचका विद्यार्थी सन्दीप श्रेष्ठले लेखन, परिकल्पना तथा निर्देशन गरेका हुन् ।

नाटकमा कलाकार सिता देवी तिमल्सिना, तेन्जिु योन्जन, मिलन कार्की, प्रितीसा अधिकारी, भावना उप्रेती, मौसम खड्का, किरण चापागाईँ र सन्दीप श्रेष्ठले जीवन्त अभिनय गरेका छन् ।

यो नाटक सोमबार बाहेक हरेक साँझ ५ :३० बजे साउन १८ गतेसम्म मञ्चन हुनेछ ।

नाटकको टिकट दर असार २५ देखि साउन ६ गतेसम्म सामान्य रु ५ सय र विद्यार्थीका लागि रु ३ सय रहेको छ भने साउन ७ देखि १८ गतेसम्म टिकटको मूल्य सामान्य रु १ हजार र विद्यार्थीका लागि रु ५ सय रहेको छ ।

हेर्नुहोस् तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =