मलको हाहाकार छ, हुन्छ : कृषिमन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन् ।

नेपाल डेरी एशोसिएशनले आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मलको हाहाकार रहेको र भइरहने पनि बताए । उनले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन भन्दा मल आएको बताए ।

बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पुर्याउनसक्ने स्थिति नरहेको बताए । उदारो दूध वर्षौँदेखि खाइरहेको र भुक्तानी दिन नसकेको भन्दै उनले दुखेसो गरे ।

मन्त्री अधिकारीले भने ‘हामीले किसानलाई पैसा तिर्न सकेका छैनौँ । उदारो दूध वर्षौँदेखि खाइरहेका छौँ । त्यो कहिले तिर्ने रु समस्या धेरैतिर छ । तर पनि खुसी मानेर सबैका बीचमा उभिनुपर्ने रहेछ । हामीले जुनसुकै पेसा र व्यवसाय गरौँ । कमजोरी नगरौँ । तल्लो तहमा रहेका किसानलाई हामीले कतैबाट पनि धोका नदिऔँ । एउटा भैँसी र एउटा गाई पाल्नका लागि असाध्यै कठिन हुन्छ । तल्लो तहमा रहेका मानिसहरूलाई धोका नदिऔँ । म मन्त्री भइसकेपछि केके नै गर्छु भन्ने लागेको थियो । रहर पनि थियो, नयाँ परिवर्तन गर्छु, यदि मुलुकमा हामीसँग आर्थिक सीमितता, आर्थिक संकुचन थिएन भने धेरै चिज हामीले गथ्र्यौं । मलको हाहाकार छ, हुन्छ, जो मन्त्री भएपनि हुन्छ । गत वर्ष हामीलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो । जम्मा साढे ४ लाख टन भन्दा मल आउँदै आउँदैन । बजारमा हाम्रो मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको छ । एक चौथाई मलले हामीले कसरी किसानलाई समयमा पु¥याउनसक्छौँ । सम्भावनै छैन । तर राज्यको दायित्व भइसकेपछि चिन्ता नगर्नुस्, छ आउँछ भन्नैपर्छ ।’

मन्त्री अधिकारीले चिस्यानकेन्द्र, बीमा लगायतका धेरै समस्याहरू रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + four =