कैलालीमा मृत भेटिए ८० वर्षीय वृद्ध, भाञ्जा प्रहरी नियन्त्रणमा

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-१ मा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । स्थानीय ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ करिब ५:३० बजे आफ्नै भाञ्जाको आँगनमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार जैशी ५५ वर्षीय बर्मा भण्डारीको आँगनमा लडेको अवस्थामा फेला परेका थिए । प्रारम्भिक अनुसन्धानमा उनको शरीरमा कुनै पनि प्रकारको बाहिरी चोटपटक नदेखिएको प्रहरीको भनाइ छ ।

मृतक र भण्डारीबीच आर्थिक लेनदेनका विषयमा मतभेद भएको भन्ने आशंका उब्जिएपछि प्रहरीको टोलीले भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

मृतकका छोरा काठमाडौंबाट आउँदै भएकाले शव नउठाइएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nine =