आहा ! ढकमक्क असारे (तस्बिरहरू)

काठमाडौँ । यतिखेर भक्तपुरको सानो ठिमी सडक छेउमा असारे फूलहरू ढकमक्क फुलेका छन् ।

यी फूलहरूले त्यस बाटो भएर यात्रा गर्ने जो–कोहीलाई मोहित गराउँछ ।

बिहानीको करिब ११ बजेतिर खेतबाट फर्केका स्थानीय राजेन्द्र चक्रधर असारे फूलको रुखनिर बसेर शीतल तापी रहेका छन् । त्यस्तै अन्य व्यक्तिहरू पनि फूलको छहारीमा शीतल ताप्दै गरेका देखिन्छन् ।

त्यस बाटो भएर जाने जो–कोही पनि त्यस फूलले सजिलै लोभ्याउने स्थानीय चक्रधरले बताए । उनले पहिले सानो ठिमीको सडक त्यत्ति राम्रो नभएको जानकारी दिए ।

उनी त्यस सडक फूलहरूले ढकमक्क भएको १ वर्ष पनि नभएको बताउँछन् ।

उक्त फूलहरूलाई डिभिजन वन कार्यालय, भक्तपुरले रोपेको हो भने श्री सैनिक गठ्ठाघरले संरक्षक गर्दै आएको छ ।

यी फूलहरू गर्मीयाममा फुल्छन् । मुख्यतया रंगीन र लामो समयसम्म फुल्ने फूलहरूको रुपमा असारे फूल परिचित छ ।

असारे फूल गुलाबी, फिक्का गुलाबी, सेतो र बैजनी जस्ता विभिन्न रङहरूमा फुल्ने गर्दछ । प्रायः यी फूलहरू निजी र व्यावसायिक सजावटको लागि रोपिन्छन् ।

हेरौँ तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eight =