नाटक ‘मञ्जिरा’ : मौन पीडाको सशक्त प्रस्तुति (तस्बिरहरू)

काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ द म्युटेड मेलोडीको मञ्चन भइरहेको छ ।

यस नाटकमा सशस्त्र द्वन्द्वकालको युद्धमा भएको हिंसा र त्यसले पारेका प्रभावहरूलाई कलाकारहरूले नाटकीय ढंगमा प्रस्तुत गरेका छन् ।

नाटकमा प्रमुख पात्र रहेकी छन् ‘मञ्जिरा’, युद्धको दसकौँ पछि, मञ्जिरा आफ्नो विगतको एक मानिससँग आमनेसामने हुन्छिन् । जसको उपस्थितिले उनको वर्तमानको नाजुक स्थिरतालाई बाधा पुर्‍याउँछ । नाटकमा उनकै मौन पीडाको सशक्त प्रस्तुति गरिएको छ ।

नाटकका केही दृश्यहरूले समान अनुभव बोकेका व्यक्तिहरूलाई असहज वा भावनात्मक रुपमा पिरोल्न सक्ने देखिन्छ ।

यसका साथै नाटकमा न्याय अति नै आवश्यक प्रक्रिया भएको र हरेकले आफ्नो सुविधाअनुसारको न्याय माग्ने कुरालाई देखाइएको छ । समग्रमा भन्नुपर्दा यो एक संवेदनशील विषयमा बनेको नाटक हो ।

यस नाटकको लेखन सोमनाथ खनाल र सन्देश घिमिरेले गरेका हुन भने परिकल्पना तथा निर्देशन पनि सोमनाथ खनालले नै गरेका हुन् ।

नाटक ‘मञ्जिरा’ द म्युटेड मेलोडीमा अभिनेता सरोज खनाल, सरीता गिरी, सरस्वती चौधरी, सुशांक मैनाली र अनुप न्यौपानेको प्रमुख अभिनय रहेको छ ।

जेठ १६ गतेदेखि मञ्चन भएको यो नाटक असार ८ गतेसम्म सोमबार बाहेक हरेक साँझ ५:१५ मा मञ्चन हुनेछ । यसका साथै शनिवार दिउँसो १ बजे पनि अतिरिक्त मञ्चन हुनेछ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =