अफताब आलमका भाइ महताब र शेख सराजुद्दिन पनि छुटे
२०८२ जेठ १४ गते

जनकपुरधाम । जिउँदै ईट्टाभट्टामा मान्छे जलाएको आरोपमा जिल्ला अदालतबाट जन्मकैद तोकिएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमसँगै सफाइ पाएका उनका भाइ र अर्का एकजना पनि छुटेका छन् ।
रौतहटको गौर कारागारबाट अफताबका कान्छो भाई महताब आलम र अर्का शेख सराजुद्दिन पनि छुटेका हुन् । उनीहरु केहिबेर अगाडी कारागारबाट छुटेको रौतहट प्रहरीले जनाएको छ ।
उनीहरु छुट्न लागेको थाहा पाएपछि कारागार अगाडी समर्थकको भीड लागेको थियो ।
२०८२ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित









