पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा राख्न दिएको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले उक्त आदेश सदर गरेको हो । तामाङले आफू तारेखमा बसी मुद्दा लड्न पाऊ भनेर सर्वोच्च अदालतमा २०८० माघ २५ गते सर्वोच्चमा निवेदन दिएका थिए ।

त्यसमा विशेष अदालतले दिएको आदेशमा सर्वोच्चले केही गर्न नपरेको भन्दै सदर गरेको हो ।

यसअघि विशेष अदालतले सिभिल सेभिङ एण्ड क्रेडिट कोओपोरेटिभ लिमिटेडका सञ्चालक तामाङलाई दोषी ठहर गरी एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ बराबरको जरिवाना गरेको थियो । त्यस्तै तीन वर्ष कैद सजाय समेत सुनाएको थियो ।

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले २०८० माघ ७ गते तामाङलाई दोषी ठहर गरेको थियो । सोही इजलासले माघ २१ गते सजाय निर्धारण गरेको थियो ।

उनीसँगै विशेष अदालतले सिर्जना शाक्य तामाङलाई पनि बिगो रकम एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बराबरको जरिवाना र एक वर्ष ६ महिना कैद ठहर गरेको थियो ।

प्रतिवादी केशवलाल श्रेष्ठको हकमा २५ करोड ६५ लाख ८६ हजारु १२४ रूपैयाँ जरिवाना र एक वर्ष ६ महिना कैद हुने ठहर भएको थियो ।

इच्छाराज, सिर्जना, केशवलाल, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत गर्ने फैसला भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + ten =