ऋतु फेरबदलको सुन्दर नाटक ‘ऋतु राग’ (तस्बिरहरू)

काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘ऋतु राग’ को मञ्चन सुरु भएको छ ।
‘ऋतु राग’ मण्डला थिएटरको नाट्य सिजन २०८२/८३ अन्तर्गतको पहिलो नाटक हो ।
यस नाटकमा ऋतुहरूको फेरबदलको रमाइलो कथा रहेको छ । हाम्रो जीवनमा ऋतुहरूको महत्त्व कति छ भनेर यस नाटकमा देख्न सकिन्छ । बालबालिका विशेष यस नाटकमा उनीहरूले मनभित्र कल्पना गर्ने ऋतुहरूलाई रङ्गीचङ्गी ढङ्गमा मञ्चन गरिएको छ ।
ठुलाबडाहरूका लागी पनि उत्तिकै महत्वपूर्ण नाटक ‘ऋतु राग’ मा गीत, हाँसो अनि प्रकृति प्रेम जस्ता सन्देशहरूले भरिपूर्ण छ ।
जेठ २ गते देखी सुरु भएको यो नाटक १८ गते मञ्चन हुनेछ । नाटकलाई सुदिप खतिवडाले लेखन तथा निर्देशन गरेका हुन् भने दिपेश काफ्लेले सह–निर्देशन गरेका हुन् ।
नाटकमा दिपेश काफ्ले, सागर खाती कामी, प्रशंसा शिवाकोटी, रुजा राउत, उमेश दुलाल, शशांक बस्नेत, सिमोन गिरी र सुजन घिमिरेले अभिनय गरेका छन् ।
सोमबार बाहेक हरेक साँझ ६:३० बजे यो नाटक मञ्चन हुनेछ ।
हेर्नुहोस् तस्बिरहरू :











