मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि पहल गर्छु : प्रस्तावित राजदूत डा. तिमिल्सिना

काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताएका छन् ।

मलेसियालाई श्रम सम्झौताका लागि नमुना राष्ट्रको रुपमा चिनिएकाले त्यसबाट प्रधानमन्त्री स्तरको भ्रमण गर्नसक्ने नेपाली श्रमिकका लागि फाइदा हुने भएकाले आफूले उच्चस्तरीय भ्रमण गराउने कुरालाई प्राथमिकता दिएर अघि बढाउन चाहेको पनि स्पष्ट पारे ।

सोमवार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्य योजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत तिमिल्सिनाले मलेसियामा बिचौलियाहरूले श्रमिकहरूलाई पाइलापिच्छे नै ठग्ने गरेको उल्लेख गर्दै त्यसका अन्त्य गर्न आफू लागिपर्ने बताए । उनले मलेसियामा श्रमिकको पक्षमा काम गर्न बिचौलियाहरूको कारण सहज नभएकाले आफूलाई टिकेर काम गर्न सहज नभएको बताए ।

तिमिल्सिनाले भने, ‘म के भन्न चाहन्छु भने यो यस्तो खालको हाईलेवलको भिजिट मलेसियाबाट चाहिँ गृहमन्त्रीको लेवलको भिजिट चाहिँ उनीहरूको चासो छ भन्ने मैले सुनेको छु । तर प्राईमिनिष्टरको लेवलको हामीले त्यो गर्न सक्यौ भने जीटुजीमा मलेसिया श्रम सम्झौताको नमुनाको रुपमा मानिदो रहेछ । त्यस कारण हामीले पनि किन मलेसियालाई केन्द्रित गरेर अगाडि नबढ्ने ? मलेसियामा म्यान पावरको कुरा यस्तो हुँदो रहेछ । यहाँ म्यान पावर कम्पनी हुने, त्यहाँ पनि म्यान पावर कम्पनी हुने । अनि, यहाँको म्यान पावरले उहाँ विचौलियो राखेको हुन्छ । र, त्यो विचौलियाले त्यहाँ सिन्डीकेट गरेर श्रमिकलाई सोझै कम्पनीसँग सम्पर्क गर्न नै दिँदैन । यहाँ खान्छ, उहाँ गएपछि त्यही खान्छ । त्यो मलेशियाका दुतावासतिर यहाँहरु जानु भएको छ कि छैन ? त्यहाँ स्याउस्याउती बिचौलियाहरू हुन्छन् रे । जताततै ठग्ने काम गर्दछन् रे । म एकदमै अफ्ठ्यारो ठाउँमा जाँदै छु । मलाई थाहा छैन–म कति टिक्न सक्छु । यहाँहरूले बिचैमा तँ फेल भईस्, आइजा भन्नुभयो भने मलाई केही छैन । म राष्ट्रका लागि, देशका लागि इमान्दारितापूर्वक काम गर्ने हो त्यहाँ । यस्ता कुरामा श्रम नीति अन्तर्गत जान सकियो भने सहज हुन्छ । त्यसले सरकारले सहयोग गर्नुपर्छ ।’

प्रस्तावित राजदूत तिमिल्सिनाले मलेसियामा श्रम नीति अनुसारको कूटनीतिलाई सफल बनाउन सरकारले आफूलाई सहयोग गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 8 =