जर्मनीलाई २-१ गोलले हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा
२०८१ असार २२ गते

युरोकपको सेमिफाइनलमा स्पेन प्रवेश गरेको छ।
शुक्रबार सुरु भएर शनिबार सम्पन्न भएको खेलमा माइकल मेरिनोले अतिरिक्त समय सकिन एक मिनेट हुँदा गोल गरेसँगै स्पेन युरो कपको सेमिफाइनल प्रवेश गरेको हो।
एमएचपी एरेनामा सम्पन्न खेलमा स्पेनले जर्मनीलाई २-१ गोलअन्तरले पराजित गरेको हो।
५१औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, उक्त अग्रता स्पेनले बचाउन सकेन।
जर्मनीका फ्लोरियन विर्ट्जले निर्धारित समय सकिँन एक मिनेट बाँकी रहँदा गोल गर्दै खेल अतिरिक्त समयमा पुर्याएका थिए।
तर अतिरिक्त समयको ११९औं मिनेटमा ओल्मोको पासमा माइकल मेरिनोले गोल गर्दै स्पेनलाई अन्तिम चारमा पुर्याए।
त्यस्तै, खेलको अन्तिम मिनेटमा स्पेनका ड्यानी कार्भाजलले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए।
२०८१ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित










