ओलीलाई भेटेपछि देउवाले बोलाए पदाधिकारी बैठक
२०८१ असार १६ गते

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।
देउवाले आफ्नो निवास बूढानीलकण्ठमा सोमबार अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको हो ।
सभापति देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार निवास बालकोटमै पुगेर भेटेका थिए ।
सभापति देउवा र अध्यक्ष ओलीबीच तीन घन्टा कुराकानी भएको थियो । ओलीसंगको भेट र देउवाको पदाधिकारी बैठक बोलावटलाई अर्थपुर्णरुपमा हेरिएको छ ।
२०८१ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित








