गुजरातमाथि नेपाल ८ विकेटले विजयी

काठमाडौं । एसएमएस फ्रेन्डशिप कपको पहिलो टी–२० खेलमा नेपालले गुजरातलाई पराजित गरेको छ ।

जितका लागि ९९ रनको लक्ष्य पाएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित रहँदै २६ बलमा सर्वाधिक ३३ रन बनाए । अनिल शाह ३५ बल खेल्दै ३२ रनमा नटआउट रहे ।

ओपनर द्वय कुशल भुर्तेल १७ र आशिफ शेखले १६ रन बनाए ।

गुजरातका तेजस पटेल र हेमङ पटेलले समान १–१ विकेट लिए ।

गुजरात ९८ रनमै अलआउट

त्यसअघि साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १८.२ ओभरमा अलआउट भयो ।

गुजरातका लागि ओपनर रुद्र पटेलले २२ बलमा २३ रन जोडे । यस्तै हेमंग पटेलले २३ बल खेलेर २० रन जोडे ।

अभिषेक देसाइले ११ र स्मीत पटेलले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि गुलशन झाले ४ ओभरमा ४ विकेट लिँदै २२ रन खर्चिए । करन केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए ।

सोमपाल कामीले ४ ओभरमा १४ रन दिएर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले विकेट लिन सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eleven =