गुजरातविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल
२०८० चैत १८ गते

काठमाडौं । एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि–२० शृंखलाको पहिलो खेलमा नेपालले गुजरातविरुद्ध टस जितेको छ ।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ ।
नेपाली टिम : रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र अभिनास बोहरा ।
नेपाल आउँदै गरेको एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृंखला खेल्दैछ ।
नेपाल र गुजरात बाहेक यस प्रतियोगितामा बरोडा रहेको छ । नेपालले दोस्रो खेलमा अप्रिल २ मा बरोडाको सामना गर्नेछ ।
यस्तै अप्रिल ३ मा पुनः गुजरात विरुद्ध खेल्नेछ भने अप्रिल ५ मा बरोडा विरुद्ध दोस्रो खेल खेल्नेछ ।
प्रतियोगिताको राउण्ड रोबिन चरणमा शीर्ष रहने २ टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् ।
२०८० चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित








