रास्वपाको मिसन भ्रष्टाचार अन्त्य गर्नु हो : डोलप्रसाद अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको मिसन भ्रष्टाचार अन्त्य गर्नु रहेको बताएका छन् ।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले रास्वपको मिसन बेथिति विरुद्धमा काम गर्ने रहेको बताए । उनले रास्वपाको मिसन सुशासन कायम गर्नु पनि रहेको बताए । भ्रष्टाचार अन्त्य, बेथिति बिरुद्धको काम र सुशासन कायम भएसँगै देश समृद्ध बन्ने बताए ।
उनले भने ‘रास्वपको मिसन बेथिति विरुद्धमा काम गर्ने । साथै भ्रष्टाचार कसरी अन्त्य गर्न सकिन्छ भन्ने नै हो । त्यसकारण सुशासन कायम र भ्रष्टाचारको अन्त्य गर्नुपर्छ । हाम्रो यो भन्दा बढी मिसन खासै छैन । त्यति गर्ने बित्तिकै यो देश समृद्ध हुन्छ । समुन्नत हुन्छ, जनताले राहत पाउँछन्, जनताले राज्य र सरकार भएको महसुस गर्दछन् ।’
उनले जनताले राज्य र सरकार भएको महसुस गर्नेगरी काम गर्ने प्रतिबद्धता जनाए ।








