हिमाली जिल्लाको आर्थिक वर्ष कात्तिक र मंसिरबाट सुरु गर्नुपर्छः ज्ञानबहादुर शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले हिमाली जिल्लाको आर्थिक वर्ष कार्तिक र मंसिरबाट सुरु गर्न माग गरेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलमा भाग लिँदै उनले यस्तो माग गरे।

उनले असारमा आर्थिक वर्ष राख्दा विकास निर्माणका नाममा पठाइएको बजेट खर्च नहुने भएकाले कात्तिक र मंसिर महिना हिमाली जिल्लाको आर्थिक वर्ष बन्नुपर्ने बताए।

उनले कात्तिक र मंसिर महिना हिमाली जिल्लाको आर्थिक वर्ष भएमात्रै बजेट खर्च गर्न सकिने स्थिति रहेको जिकिर गरे।

उनले भने, ‘म जुम्लाको जुम्ली हो। हिउँ पर्छ जुम्लामा अहिले पनि। जब विकास निर्माणको काम मंसिरबाट सुरु हुन्छ, मंसिर र कात्तिकबाट सुरु हुँदा हाम्रो जुम्लामा हिउँ परेर बस्न हुँदैन। अस्ती भर्खर हिउँ परेको छ। असारसम्म जाँदा बजेट खर्च गर्न पाइँदैन, जति पैसा हालेको भए पनि त्यो खर्च हुन सक्दैन। अब आउने बजेटमा सिंगो नेपालको तराई र पहाड भएको आर्थिक वर्ष असार महिनामा हुन्छ भने हिमाली जिल्लाको आर्थिक वर्ष कात्तिक र मंसिरमा गर्नुपर्‍यो। त्यो भए हामीले खर्च गरेको बजेट चलाउन सक्छौं। यो कुरा अर्थमन्त्रीले गर्नुहुन्छ भन्ने म धारणा राख्न चाहन्छु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + ten =