तीन रनले अर्धशतक बनाउन चुके आसिफ शेख

काठमाडौं । टी–२० सिरिजअन्तर्गतको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेख आउट भए । उनले ४७ रन जोडे ।

यसअघि ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेल आउट भएका हुन् ।

रोहित दशौं ओभरको दोस्रो बलमा क्याच आउट हुन पुगे ।

आउट हुनुअघि उनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । त्यतिबेला नेपालले ८२ रन जोडेको थियो ।

त्यसअघि नेपालले चौथो ओभरमा पहिलो विकेट गुमायो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशल भुर्तेल २० रन बनाएर आउट भए । उनले १० बलमा १ चौका र २ छक्का प्रहार गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =