तोलामा २८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारका सुनको मूल्य बढेको छ । पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिनमा सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको हो ।

छापावाल सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले बढेर १ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो ।

चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =