लगातार तेस्रो दिन घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा लगातार तेस्रो दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।

छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँ कायम थियो ।

यो साताको आइतबार समेत सुनको मूल्य घटेको थियो । शुक्रबारको तुलनामा आइतबार एकै दिन १३ सय रुपैयाँले मूल्य घटेर कारोबारमा आएको महासङ्घले जनाएको छ । सुनको मूल्य लगातार तेस्रो दिन घटे पनि चाँदीको मूल्य भने स्थिर कायम भएको छ ।

आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ कायम छ । हिजो समेत यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =