भारतले पाकिस्तानलाई दियो २६० रनको लक्ष्य

काठमाडौं । एसिसी यू–१९ एसिया कपमा भारतले पाकिस्तानलाई २६० रनको लक्ष्य दिएको छ ।

दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा २५९ रन जोड्यो ।

भारतका लागि ओपनर आदर्श सिंहले ६२ रन जोडे भने कप्तान उदय सहरनले ६० रन बनाए ।

यस्तै सचित दासले ५८ रनको योगदान गरे ।

बलिङमा पाकिस्तानका मोहमद जीशनले ४ विकेट लिए ।

समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानले यसअघि पहिलो खेलमा जित निकालेका थिए । भारतले अफगानिस्तान र पाकिस्तानले नेपाललाई पराजित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =