चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकको निर्णय सुनाउँदै समितिका सभापति राजकिशोर यादवले नागरिक उड्डयन सम्बन्धित दुई वटा विधेयकको बारेमा पनि आगामी समितिको बैठकमा पूर्ण जानकारी सहित उपस्थित हुन निर्देशन दिए ।

उनले भने ‘चिनियाँ जहाजको बारेमा अर्को बैठकमा, कति सालमा, के समयमा रु कतिमा खरिद भयो रु र कसरी हाम्रो नेपाल वायु सेवा निगमको पार्ट बन्न पुग्यो रु त्यसको बाहिर टेक्निकल्ली कुन कुन देशले किनेको छ रु के रहेछ रु इन्डिटेल कसरी जाने रु भन्ने बारेमा समितिलाई जानकारी गराउन निर्देशन दिन्छु ।’

उनले मन्त्रालयले समितिलाई चिनियाँ जहाज कसरी नेपाल वायुसेवाको भाग बन्यो भन्नेबारेमा पनि जानकारी गराउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =