घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२०८० साउन १५ गते

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ । सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ ।
आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ । आइतबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो ।
२०८० साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित








