फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

बुधबार प्रति तोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सयले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख १२ हजार ९ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो । बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =