सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

काठमाडौँ । संघीय संसद्का दुवै सदनमा प्रतिपक्षीको अवरोध जारी रहेका बेला तीन दलका शीर्ष नेताहरूबीच संवाद भएको छ । जारी छलफल हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भइरहेको हो ।

गत असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको एक अभिव्यक्तिलाई लिएर नेकपा एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभा अवरोध गर्दै आएको छ । उसले प्रधानमन्त्रीबाट स्पष्टीकरण नभई राजीनामा नै आउनुपर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + three =