अनेरास्ववियु आरआरले भलिबल कप आयोजना गर्ने, प्रथम पुरस्कार १ लाख

काठमाडौँ । नेकपा एमालेको भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) आरआर क्याम्पसले ‘अनेरास्ववियु भलिबल कप २०८०’ आयोजना गर्ने भएको छ ।

अनेरास्ववियु आर आरका अध्यक्ष लोकेश खड्काले बुधवार पत्रकार सम्मेलन गर्दै अन्तर क्याम्पस खुल्ला भलिबल प्रतियोगिता असार १८ देखि २२ गतेसम्म गरिने जानकारी दिए ।

अनेरास्ववियु भलिबल कपमा प्रथम हुने टिमले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छ ।

आयोजकका अनुसार प्रतियोगितामा दोस्रो हुने टिमले ५० हजार र तृतीय हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । साथै सिल्ड, मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागिताका लागि असार १५ गतेभित्र टिम दर्ता गर्नु पर्ने अनेरास्ववियु आरआरले बताएको छ । प्रतियोगितामा सहभागिता जनाउने टिमलाई टिम दर्ता शुल्क १० हजार तोकिएको छ ।

भलिबल खेलाडी विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै भलिबललाई व्यावसायिकतातर्फ लैजान मद्दत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको अध्यक्ष खडकाले बताए ।

उनले देशैभरका क्याम्पसलाई प्रतियोगितामा सहभागिताको लागि आग्रह समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 11 =