वर्ष उत्कृष्ट खेलाडी करण र सावित्रा

पोखरा। यसवर्षको उत्कृष्ट खेलाडी करण केसी र सावित्रा भण्डारी घोषित भएका छन् । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत पुरुषतर्फ क्रिकेटका करण केसी र महिलातर्फ फुटवलकी सावित्रा भण्डारी (साम्बा) वर्ष उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भएका हुन् ।

पुरुषतर्फ केसी सँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका थिए । यसैगरी वर्ष उत्कृष्ट खेलाडी महिला तर्फ भण्डारीसँगै आर्चरीकी रोजीना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा थिए ।

अवार्ड अन्तर्गत उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी सर्वोत्कृष्ट ठहरिए । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङले बाजी मारे । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पारे ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे । सबै विधामा उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङका प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीनानाथ बरालले जानकारी दिए ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरेका हुन् । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबल संघलाई प्रदान गरियो । वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनाले पाए ।

दुवै अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी हात पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *