स्ववियु निर्वाचन: प्रचारप्रसारमा रङ्गरोगन गर्न र पोस्टर टाँस्न नपाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत सोमबारबाट प्रचारप्रसार सुरु भएको छ । सोमबारबाट उमेदवारले नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै प्रचारप्रसार सुरु भएको हो ।

उमेदवारले अब चैत २ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् । स्ववियु निर्वाचनको आचारसंहितामा प्रचारप्रसार गर्न रंगगरोगन गर्न नपाइनुका साथै कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख छ।

यस्तै, आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ । स्ववियु निर्वाचनका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =