राप्रपाका प्रवक्ताले भने– अध्यादेश राष्ट्रपतिले रोक्नुपर्छ

काठमाडौं । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले कामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने बताएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले टिकापुर घटनाका आरोपी रेशम चौधरीको रिहाइको लागि अध्यादेश ल्याउने निर्णय गरेपछि प्रवक्ता मोहन श्रेष्ठले नयाँ जनादेश आइसकेको अवस्थामा अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक रहेको बताए ।

‘कुनै अग्रसरता नदेखाएको र अहिले कामचलाउ अवस्थामा अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ता केन्द्रित राजनीतिको फोहोरी सुरुवात हो । राष्ट्रपति महोदयले कामचलाउ सरकारले ल्याएको अध्यादेशलाई रोक्नुपर्छ’, श्रेष्ठले सामाजिक सञ्जालमा लेखेको छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =