जबरामाथि महाअभियोग निष्क्रियविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग निष्क्रिय बनाउने संसद सचिवालयका महासंचिव डा. भरतराज गौतमको पत्र विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ ।

जबरासहित संसद सचिवालय र सचिवालयका सचिव डा. भरतप्रसाद गौतमलाई विपक्षी बनाएर बार एशोसिएशनका ९ जना पदाधिकारीले बुधबार संयुक्त रिट निदेदन दायर गरेका थिए ।

संसद सचिवालका महासचिवले क्षेत्राधिकार मिच्दै जबरामाथिको महाअभियोग निष्क्रिय भएको पत्र दिएकोले उक्त पत्र कार्यान्वयन नगर्न नगराउन आदेशको माग गर्दै रिट दर्ता भएको हो ।

उनीहरुले जबरामाथिको अभियोग प्रस्तावलाई नयाँ संसदले ग्रहण गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =