प्रचण्डले भने – प्रधानमन्त्रीलाई जस्तै भारतले मेराे स्वागत गर्‍याे

काठमाडौँ । भारत भ्रमणबाट फर्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भ्रमणले सकारात्मक परिणाम ल्याउने बताएका छन् ।

भ्रमण सकेर शनिवार नेपाल फर्किएका उनले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा पत्रकारहरूसँग बोल्दै उनले नेपाल र भारतबिचमा रहेका अनेक समस्या समाधानको दिशामा आफ्नो भ्रमणले सकारात्मक परिणाम ल्याउने बताएका छन् ।

भ्रमणका क्रममा उनले भारतीय परराष्ट्रमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभाल, परराष्ट्र सचिव विनयमोहान क्वात्रा तथा सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा लगायतसँग भेट भएको उल्लेख गरे ।

उनले आफ्नो भ्रमण नितान्त सद्भावना भ्रमण रहेको जानकारी गराउँदै भ्रमणका क्रममा नेपाल र नेपालीका समस्या तथा दुई देशबिचको सम्बन्धका सबालमा कुरा भएको बताए ।

मोदीलाई नभेटेको बारे बोल्दै अध्यक्ष दाहालले के कारणले भेट हुन सकेन आफूले पनि थाहा नपाएको बताए । उनले भने, ‘के कारणले भेट भएन मैले पनि तपाईंहरूले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन ।’

त्यस्तै, उनले यसपटकको भारत भ्रमणमा पनि प्रधानमन्त्री भएर गएको जस्तै स्वागत गरिएको उल्लेख गरे ।

‘सरकार र भाजपाको जुन जुन सम्मान र सुरक्षाको जस्तो व्यवस्था गरियोु, उनले भने, ‘पहिला प्रधानमन्त्री भएर जाँदाभन्दा फरक लागेन । उस्तै उस्तै गरेको पाइयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =