गैरआवासीय नेपालीहरूकाे नागरिकता समस्या चाँडै हल गर्छाैँ : प्रचण्ड

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरूको नागरिकतासम्बन्धी समस्या हल गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार निवास खुमलटार आएको गैरआवासीय नेपाली संघ (एनआरएन) को प्रतिनिधिमण्डलसँग उनले यस्ताे प्रतिबद्धता जनाएका हुन् । ‘गैरआवासीय नेपालीहरूको समस्याका बारेमा हामीले पहिलेदेखि नै आवाज उठाउँदै आएका थियौं र अहिले पनि हाम्रै पहलमा सदनमा पेस भएको नागरिकतासम्बन्धी विधेयक पास गराई समस्याको समाधानका लागि प्रतिबद्ध छाैँ,’ उनले भनेका छन् ।

भेटवार्तामा एनआरएनको प्रतिनिधिमण्डलले नागरिकता समस्यासहितका विषयहरू समावेश गरी सदनमा पेश भएको नागरिकता विधेयक ल्याउनमा माओवादीबाट भएकाे पहलका लागि धन्यवाद व्यक्त गरेकाे थियाे । प्रतिनिधिमण्डलकाे माग थियाे— विधेयक सदनबाट पास गराएर ८० लाख गैरआवासीय नेपालीहरूको अधिकार सुनिश्चित गर्नका लागि हार्दिक अनुराेध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 20 =