प्रचण्ड भन्छन्- भाषण गरेजस्ताे सजिलाेगरी समाजवाद आउँदैन

काठमाडाैँ । नेकपा [माओवादी केन्द्र] का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषण गरेजस्ताे सजिलाेगरी समाजवाद नआउने बताएका छन् । साेमबार नरबहादुर कर्मचार्य फाउण्डेसनले काठमाडाैँमा आयाेजना गरेकाे ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय अन्तरक्रियामा भाग लिँदै उनले यस्ताे बताएका हुन् । ‘समाजवाद ल्याउन भाषण गरेजस्ताे सजिलाे छैन,’ उनले भनेका छन्, ‘समाजवाद भन्नु सजिलाे छ, यसका लागि काम गर्नु कठिन छ । सजिलै एउटा वाक्यमा भनेझैँ समाजवाद आउँदैन ।’

उनले कम्युनिष्ट हुनु नै ठूलाे कुरा भएकाे बताए । समाजवादकाे नेतृत्व कम्युनिष्टहरूले मात्रै गर्नसक्ने उनकाे भनाइ थियाे । ‘समाजवाद कुनै सानाे कुरा हाेइन । याे एउटा महत्त्वपूर्ण कुरा हाे । एउटा उद्देश्य हाे । याे अन्तर्राष्ट्रियरूपमै आउनुपर्छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =