सेयर बजार ५२ अंकले बढ्यो, पौने ३ अर्बको कारोबार
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७८ फागुन २६ गते
![सेयर बजार ५२ अंकले बढ्यो, पौने ३ अर्बको कारोबार](https://www.makalukhabar.com/wp-content/uploads/2021/04/makalu-share.jpg)
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ ।
यस दिन नेप्से परिसूचक ५२.२१ अंकले बढेर २५६६.७९ बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स समेत ६.२४ अंकले बढेर ४९३.४३ बिन्दुमा पुगेको छ ।
यस दिन कुल २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९ सय ७० रुपैयाँमा ५६ लाख १० हजार ६ सय २१ कित्ता सेयर कारोबार भएको छ । यस दिन ‘अन्य’बाहेक सबै समूहगत उपसूचकहरु हरिया भएका छन् ।
यस दिन इमर्जिङ नेपाल लिमिटेडको आईपीओ पर्ने सेयरधनीले कमाएका छन् । यो कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । त्यस्तै कर्णाली विकास बैंक लगायत कम्पनीको सेयर मूल्य बढेको छ ।
माउन्टेन इनर्जी, एनटीसीलगायत कम्पनीको सेयरमूल्य घटेको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७८ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित