सेयर बजार ५२ अंकले बढ्यो, पौने ३ अर्बको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ ।

यस दिन नेप्से परिसूचक ५२.२१ अंकले बढेर २५६६.७९ बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स समेत ६.२४ अंकले बढेर ४९३.४३ बिन्दुमा पुगेको छ ।

यस दिन कुल २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९ सय ७० रुपैयाँमा ५६ लाख १० हजार ६ सय २१ कित्ता सेयर कारोबार भएको छ । यस दिन ‘अन्य’बाहेक सबै समूहगत उपसूचकहरु हरिया भएका छन् ।

यस दिन इमर्जिङ नेपाल लिमिटेडको आईपीओ पर्ने सेयरधनीले कमाएका छन् । यो कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । त्यस्तै कर्णाली विकास बैंक लगायत कम्पनीको सेयर मूल्य बढेको छ ।

माउन्टेन इनर्जी, एनटीसीलगायत कम्पनीको सेयरमूल्य घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *