सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेशन समीकरण पूरा

काठमाडाैँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको जारी संस्करणमा ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा पर्ने दोस्रो टीम बनेको छ। ब्रिगेड रेलिगेशनमा परेसँगै सहिद स्मारक ए डिभिजन लिगको विजेता र रेलिगेशनमा पर्नै दुबै टीमको टुंगो लागेको छ।

जारी लिगमा १० औँ चरणमानै मच्छिन्द्र लगातार दोस्रो पटक च्याम्पियन बनेको थियो । ११ औँ चरणमा च्यासल युथ क्लब रेलिगेशनमा पर्ने पहिलो टीम बन्दा १२ औँ चरणमा ब्रिगेड ब्वाइज सातदोबाटोसँग सोमबार ३-२ गोल अन्तरले पराजित हुँदै रेलिगेशनमा पर्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार ब्रिगेडका लागि जित्नै पर्ने खेलमा अग्रता भने १३ औँ मिनेटमा सुशील राईको गोलमार्फत सातदोबाटोले लिएको थियो। १६ औँ मिनेटमा ब्रिगेडका बर्टान्ड इवोडेले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । १८औँ मिनेटमा दीपक राज सिंह ठकुरीले गोल गर्दै सातदोबाटोलाई पुनः २-१ अवस्थामा पुर्याएका थिए।

प्रतिस्पर्धात्मक बनेको खेलमा ५१ औँ मिनेटमा रोशन राना मगरले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए। तर ८७ औँ मिनेटमा निरज चौधरीले गोल गर्दै सातदोबाटोलाई ३-२ को महत्वपूर्ण जित दिलाए।

यो हारसँगै बीबीसीले १२ खेलबाट ७ अंक छ । बीबीसीको हारले फ्रेन्ड्स क्लबको पनि रेलिगेसन टरेको छ। बीबीसीलाई हराएको सातदोबाटो १२ खेलबाट १८ अंक जोडेर पाँचौ स्थानमा उक्लिन सफल भयो ।

जारी सिजन खराब प्रदर्शन गरेको ब्रिगेड १ खेलमा मात्रै जित निकाल्न सफल भयो । उसले ७ हार चार बराबरीको नतिजा निकाल्यो ।

२०६१ म शीर्ष डिभिजन खेलेको ब्रिगेड यो सिजनसहित ७ सिजन शीर्ष डिभिजनमा रहन सफल भयो । ब्रिगेड तेस्रोपटक रेलिगेसनमा परेको हो। यसअघि २०६३ र २०६८ मा ब्रिगेड रेलिगेसनमा परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + five =