सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
२०७८ माघ १७ गते

फाइल फोटो।
काठमाडौँ । सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य समेत घटेको छ । आइतबार १२५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ।
२०७८ माघ १७ गते
प्रतिक्रिया








