ललितपुरको टिकाथलीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
२०७८ पुस २६ गते

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित टिकाथलीमा निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, उदय विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र महालक्ष्मी नगरपालिका वडा नंम्बर ७ को सहकार्यमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो ।

शिविरमा ९२१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १९४ जनाको रक्त परीक्षण, १७७ जनाको भिडियो एक्सरे, र ९७ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

७ नंम्बर वडा कार्यालय भवनमा भएको शिविरमा केएमसीका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा उपचार सम्भव नभएका ६२ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

२०७८ पुस २६ गते
प्रतिक्रिया
सम्बन्धित









