दोलखाको चरिकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

दोलखा । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले दोलखाको चरिकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । भीमेश्वर गाउँपालिका वडा नम्बर ८ र सत्याग्रह साप्ताहिकसँग सहकार्य गरेर दुई दिने शिविर सञ्चालन गरेको हो ।

शिविरको पहिलो दिन बिहीबार एक हजार १३ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

शिविरमा २२७ जनाको रक्त परीक्षण, २१७ जनाको भिडियो एक्सरे, र १९२ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

केएमसीका विशेषज्ञ डाक्टरहरूको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको हो । शिविरमा उपचार सम्भव नभएका ६४ जना बिरामीलाई अप्रेसनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

मंगलबार केएमसीले काभ्रेको चौकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर १ हजार एक सय ६५ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । यसअघि पनि विभिन्न जिल्लामा केएमसीले निःशुल्क शिविर सञ्चालन गरेर बिरामीको उपचार गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 6 =