ताप्लेजुङमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको सिरिजङ्घामा बुधवार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९ सय भन्दा बढी बिरामीले निःशुल्क उपचार पाएका छन् ।

तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको शिविरमा ९ सय ६५ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र सिरिजङ्घा गाउँपालिकाको सहकार्यमा ग्रामीण क्षेत्रका बिरामीलाई लक्षित गर्दै दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

बिहीबार पनि शिविर सञ्चालन हुनेछ । पहिलो दिन शिविरमा १८९ जनाको भिडियो एक्सरे, १२३ जनाको मुटुको जाँच इसीजी र ४२ जनाको दाँत उखेलिएको नोबेल का प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

नोबेल ले बर्षौ अघिदेखि विभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । प्रदेश १ का जिल्लामा शिविर केन्द्रित छ । शिविरमा अस्पतालका विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूले बिरामीको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।

गाउँ–गाउँमा सञ्चालन गरिने निःशुल्क स्वास्थ्य शिविरबाट विपन्न बिरामी लाभान्वित हुँने भएकाले शिविर सञ्चालन अभियानलाई निरन्तरता दिइने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =