इंग्लिस प्रिमियर लिग

टोटेनह्याम र साउथह्याम्पटनको बराबरी

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम बराबरीमा रोकिएको छ । मंगलबार भएको खेलमा टोटेनह्याम साउथह्याम्पटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको २५ औं मिनेटमा जेम्स वार्डले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनह्यामलाई १-१ गोलको बराबरीमा ल्याए । मोहमद सालिसुले रातो कार्ड पाएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटियो ।

यस बराबरीसँगै टोटेनह्याम १७ खेलमा ३० अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । प्रिमियर लिग फुटबलमा हिजो भएका खेलमा क्रिस्टल प्यालेसले नर्विच सिटीलाई ३-० र वेस्ट ह्यामले वार्टफोर्डलाई ४-१ ले पराजित गर्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 8 =