इंग्लिस प्रिमियर लिग
टोटेनह्याम र साउथह्याम्पटनको बराबरी
२०७८ पुस १४ गते

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम बराबरीमा रोकिएको छ । मंगलबार भएको खेलमा टोटेनह्याम साउथह्याम्पटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको २५ औं मिनेटमा जेम्स वार्डले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनह्यामलाई १-१ गोलको बराबरीमा ल्याए । मोहमद सालिसुले रातो कार्ड पाएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटियो ।
यस बराबरीसँगै टोटेनह्याम १७ खेलमा ३० अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । प्रिमियर लिग फुटबलमा हिजो भएका खेलमा क्रिस्टल प्यालेसले नर्विच सिटीलाई ३-० र वेस्ट ह्यामले वार्टफोर्डलाई ४-१ ले पराजित गर्यो ।
२०७८ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित








